वायु प्रदुषणका कारण विद्यालय बन्द।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तथा शैक्षिक संस्थाहरू ४ दिनका लागि बन्द गर्ने निणर्य गरेको छ । बायु प्रदूषणको मात्रा बढेसँगै  विद्यालयहरू तथा शैक्षिक संस्थाहरू मङ्गलवार देखी ४ दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यस अघि गत चैत्र १३ गत वन तथा वातावरण विभागले प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकोले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन अपिल गरेको थियो ।