काठमान्डौको दशरथ रंगशालामाभएको थ्री नेसन्स कपको उपाधि नेपालले जितेको हो। सोमवार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१पराजित गर्दै उपाधि जितेको हो ।
नेपाललाई उपाधि दिलाउने क्रममा सञ्जोग राई र विशाल राईले एक(एक गोल गरे। बंगलादेशका महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । यो सञ्जोगको पहिलो अन्तर्राष्ट्रिय गोल हो।