Monday, April 19, 2021
घर खसान गतिविधि रुकुम जिल्लामा खशान राष्ट्रिय संघर्ष समितिको संगठन विस्तार

रुकुम जिल्लामा खशान राष्ट्रिय संघर्ष समितिको संगठन विस्तार

कर्णाली प्रदेशको रुकुम जिल्लामा खशान राष्ट्रिय संघर्ष समितिको जिल्ला समिति गठन भएको छ । रूकुम जिल्लाको चौरजहारी स्थित सिदार्थ होटेलमा खशान राष्ट्रिय संघर्ष समितिले आयोजना गरेको जनचेतना अभिवृद्धि कार्यक्रमवाट भिमबहादुर रानाको अध्यक्षतामा सात सदस्यीय खशान राष्ट्रिय संघर्ष समितिको जिल्ला संगठन गठन भएको छ।समितिमा सचीव दलवीर राना र सदस्यहरु क्रमशः महेन्द्र नेपाली, कृष्ण प्रशाद गौतम दिल बहादुर राना, चन्द्रबहादुर बटाला र दल बहादुर बुधा चयन भएका छन । उक्त समितिलाइ बिस्तार गर्ने कार्य नवगठित समितिले गर्ने निर्णय भएको छ ।

उक्त कार्यक्रम खरासँस का उपाध्यक्ष रघुवीर सिह ठगुन्ना खस को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा खरासँस काठमाडौ ईन्चार्ज थर्क बहादुर बस्न्यात ज्युले मस्टो धर्म संस्कृति बारेमा र उपाध्यक्ष रघुवीर सिंह ले खस र खशान कामुद्दाहरूको बारेमा प्रशिक्षण दिएका थिए । जाजरकोट का बुद्धिजीवी चन्द्रबहादुर बिक ज्यु को समेत उपस्थिति रहेको उक्त कार्यक्रम सुर्खेत सामाजिक अभियन्ता महेन्द्र बिद्रोही ज्युले सन्चालन गर्नु भएको थियो ।

RELATED ARTICLES

Popular

Recent Comments