Monday, April 19, 2021
घर राजनीतिक यो देश हाम्रो हो , तर राज्य हाम्रो कहिले हुन सकेन सर्मिला...

यो देश हाम्रो हो , तर राज्य हाम्रो कहिले हुन सकेन सर्मिला वागचन्द

यो देश हाम्रो हो तर राज्य हाम्रो कहिले हुन सकेन । त्यसैले हाम्रो टीम निरन्तर मेची महाकाली अभियानमा छौ ।यसै सन्दर्भमा केही दिनजति पुर्बका थुप्रै ठाउमा जनजाती समुदायहरु र पुर्बका मेरा आफन्त दलित समुदाय हरुसङको महत्वपूर्ण बसाइ,भेटघाट गरियो ।र उहाहरु सबैको एउटै बुझाइ पाए अब यो देशमा हरेक नागरीकले पहिचान सहित आत्म सम्मानसाथ बाच्न पाउनु पर्छ । र राज्य बाट उत्पीडित समुदाय एक हुँदै(१०ं+१)प्रान्त को आन्दोलनमा होमिनु पर्छ ।
हामिले हाम्रो घर (प्रान्त )आफै बनाउनु पर्छ भन्नेबुझाइ पाए । हामिलाइ पनि त्यही लागेको छ ।
यसपालि को बसाइ अत्यन्त महत्वपुर्ण र उपलब्धिमुलक भएको छ । यो देशमा हरेक आन्दोलन भए मधेसआन्दोलन ,थारु आन्दोलन र एक्दमै चर्केको लिम्बुवान आन्दोलन तर राज्यबाट हजारौ बर्ष देखि शोषणमा परेको दलित त्यही समुदाय मौन छ ।दलित आन्दोलन हुन बाकी छ दलित आन्दोलन जुन रुपमा हुन पर्ने हो सोअनुरुप हुन सकिरहेको छैन । त्यसैले यसपालिको बसाइमा महत्त्वपूर्ण निणय हरु भएको छ ।दलित को हुन यिनिमा के कति शक्ति छ त्यो देखाउने पालो अब दलित समुदाय को हो । त्यसैले हामिले यहि
चैत्र २१ गते इटहरी ,बैशाख २५ गते कैलाली र जेठ ८ गते जनकपुरमा दलित शक्तिका साथ दलित समुदायको विशाल आमसभा गराउने जमर्को गर्दै छौ । आशा छ साथ र सहयोग अबश्य मिल्ने छ ।
यसपालिको घर बसाइमा यहाका मेरा आफ्ना आफन्त ज्युहरुसङ महत्त्वपूर्ण भेटघाट गर्ने र महत्वपूर्ण निर्णय गर्ने छु । आफ्नो घर आफ्नै हुन्छ यो देश हाम्रो हो यसमा कुनै दुइमत छैन । ठिक तेसै गरेर यो राज्य हाम्रो कहिले पनि हुन सकेन त्यसकारण अब हामी पनि आफ्नो घर ( प्रान्त ) बनाउन तर्फ लाग्दैछौ आशा छ सम्पूर्ण दलित समुदाय हरुले यो कुरा बुझ्नु हुने छ र साथ र सहयोग पनि गर्नुहुने छ भन्ने कुरामा पनि बिसंवत् छु । जय दलित जय १०+१ प्रान्त ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Popular

Recent Comments