Monday, April 19, 2021
घर अर्थ ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ सर्वसाधारणले आजवाट भर्न पाउने ।

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ सर्वसाधारणले आजवाट भर्न पाउने ।

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले आज फागुन २१ गते,शुक्रबार बाट साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ)निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३लाख ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने वाँकि रहेको ५९ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर सवैलाई पर्न सक्ने सम्भावना भने न्यून छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
संस्थाको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।उक्त सेयर निष्कासनको लागि केयर रिटिङ नेपालवाट त्रिपल बी’ रेटिङ पाएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Popular

Recent Comments