ताप्लेजुङ जिल्लाको दोभान वजारमा आगलागी, ठुलो भौतिक सम्पत्तिको क्षति

आज विहान करिव ७ वजे ताप्लेजुङ जिल्लाको दोभान वजारमा आगलागी भएर ठुलो भौतिक सम्पत्तिको क्षति भएको छ  ।

ताप्लेजुङ जिल्लाको दोस्रो ठुलो वजार भनेर चिनिने दोभान वजारमा  त्यहाँकै स्थानीयको घरवाट लागेको आगोले २५|२६  वटा घरहरू जलेर पूर्णरुपमा नस्ट भएका छन । आगो  नेपाली सेना, नेपाल प्रहरी,  ससत्र प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिले नियन्त्रणमा आइसकेको छ र  आगोको कारणले करौडौको क्षति भएको छ भन्ने खवर त्यहाँको स्थानीय नरवहादुर विष्टले खशान मिडियालाई जानकारी दिनुभयो।