टीकापुर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न थारूवान राष्ट्रिय मोर्चाको माग

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकारपुर घटनाको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। मोर्चाले एक नस्लवादी शासन सत्ता र पहिचान सहितको संघीयताको लागि आदिवासी थारु, दलित, जनजाती, मुस्लिम, मधेशी, महिलारुको एकल वा फरक–फरक आन्दोलन गर्ने घोषणा गरिएको मोर्चाले जनाएको छ। पूर्व न्यायाधीश गृहचन्द्र लालको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगको र देवीराम शर्माको छानविन समितिको प्रतिवेदन सार्वजनीक गर्न पनि मोर्चाले माग गरेको हो ।

अस्तित्व र पहिचानको लागि शान्तिपूर्ण थरुहट आन्दोलनमा होमिएका थरुहट नेता कार्यकर्ताहरु उपर लगाएको सबैखाले मुद्दा खारेज गर्न सरकारलाई अनुरोध गरेको छ र नगरे आवस्यक विद्रोह चेतावनी दिएको छ ।

राज्य पुनःसंरचनाको रिपोटले निर्देशित( १०+१) पर्देश र पहिचानसहितको नामाङ्कन सीमाङ्कन एवं अधिकार सम्पन्न थरुहट स्वायत्त प्रदेशको स्थापना, जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्व गराउन विद्रोह गर्ने मोर्चाले जनाएको छ ।