सपना रोका द्वारा विनयजंग वस्नेत विरूद्ध उजुरी

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।

परिसर प्रहरी वरिष्ठ उपरीकक ( एसएसपी  ) अशोक सिँहका अनुसार  सपना रोका मगरले ‘अभद्र व्यवहार गरेको भन्दै  उजुरी दिनुभएकाे हाे ।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो ।