यसरी अन्त्य गरिएको थियो अन्तिम बझाङ्गी खस राज्यको शासनाधिकार

वझाङका खस राजा जयपृथ्वी बहादुर सिंह निसन्तान भए पछि उनका सहोदर भाइ देव जङ्ग लाई राज्यको जिम्मेवारी सुम्पिएका थिए । देव जङ्ग सिंह पछि उनका छोरा राम जङ्ग सिंह र उनि पछी उनका छोरा ओम जङ्ग सिंह राजा थिए र रोलक्रम अनुसार पालो नै उनैको थियो । उहाँ राजा भएका बेला देशमा प्रजातन्त्र आएको थियो , अरु भन्दा उनी अलिकती फरक र लडाकु स्वभावका थिए । प्रजातन्त्र को उपयोग गरेर उनी आफ्ना पिता पुर्खाको बिरासत खस राज्यको स्वतन्त्रता चाहन्थे । अर्थात उनी खशान प्रान्त (Territory) को अधिकार चाहन्थे । तेतिबेला प्रजातान्त्रिक शक्ति काङ्ग्रेसको सत्ता भएकोले झिनो आशा लिएर काङ्ग्रेसको नजिक पुगेका थिए । जस्को कारण उनी एकात्मक केन्द्रकृत राजशाही सत्ता सङ्ग रुष्ट थिए ।उनी जिम्मेवारीमा रहेकै समय २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि काङ्ग्रेस लगायतका अन्य सक्तिहरुको भागाभाग भयो त्यहीँ साल बझाङगी राजा ओम जङ्ग सिंह लाइ पनि गिरफ्तार गर्न सरकारले शाही सेना परेचालन गर्यो । बझाङी राजाकाे दरवार सेनाले घेरयाे । उनी जेनतेन प्रकेरण भाग्न सफल भए र त्यहाँ बाट हिमालै हिमाल चौकी बगर, तिम्ला, मज्जे,सितोला हुन्दै भागेर दार्चुला जिल्लाको तत्कालीन राप्ला गाउ पन्चायत को दुम्लिङ्ग भन्ने ठाउमा रहेको घाटबाट महाकाली नदि तरेर भारत तिर भागे । करिव दुई बर्ष उता बसेर २०१९ सालमा आफ्नो लागि हात हतियार सहित राम चन्द्र हमाल समेत साथमा ल्याएर आफ्नो राज्य पुन क्याप्चर गर्न बझाङ आइपुगेका आए । (राम चन्द्र हमाल कले बिष्ट(बैदार) र हरे पाण्डेको हत्या अभियोगको मुद्दा लागेर पहिले नै भारत तिर बसेका थिए)
आउने बेला उतै बाट काङ्ग्रेस पार्टी उठाएर आएर र स्थानीय जनताको समेत साथ पाएर पुन आफ्नो राज्य (दरबार) नियन्त्रणमा लिन सफल भए र आफ्नो दरबारमा चारै तिर हातहतियार सजाएर राखेर बसे । यो कुरो थाहा पाएपछि राजा महेन्द्रले पुन शाही सेना पठायो । यो कुरा थाहा पाए पछी राजा ओम जङ्ग ले आफू बस्ने दराबारको झ्याल ढोला र छिडिहरुमा बन्धुकहरु बाहिर तर्फ सोझ्याएर राख्न लगाएका थिए । जब त्यहा शाही सेना पुगे भित्र बाट हतियार ताकेर राखेको देखेपछी फायरिङ सुरुगरे ५ मिनट सम्म फायर गर्दा पनि उताबाट जवाफी फायर नआएपछि सेनाहरु भित्रै गएर त्यहा राखिएका हातहतियार क्याप्चर गर्न थाले तेतिबेला सम्म ओम जङ्ग,उनका सेना र सल्लाहकार भागी सकेका थिए । भित्र पसेका सेना र पछिबाट थपिएर आएका सेनाहरु आफुआफैमा फयरिङ्ग गर्न थाले पछि झन्डा देखाएर संकेत थाहा पाएपछि चिनेर मिले ।
अनि भागी सकेका राजा ओम जङ्ग र उनका सेनाकाे खाेजी गर्न लागे । त्यतिबेला सम्म उनिहरुले चारकोस काटिसकेका थिए । बुङलकाे नाईसकाे बाटाे हुँदै ताेलिमाण्डौ (जहाँ मेरो पितरकुडी हो) पुगे । अनि तोलिमाण्डौमा बल्ल दोहरो फायरिङ भयो । तोलिमाण्डौमा भएको भिडन्त पछि शाही सेनाले त्यहा ४ नाल भरुवा बन्धुक र ५ जनाको लास फेलापर्यो बाकी सबै भागाभग ! ५ जना को ज्यान र ४ नाल बन्धुक गुमाउनुको साथै केही घाइते भएपछि आफ्नो दलबल समेत ओम जङ्ग त्यहा बाट जँगलै जँगल भागेर गुल्जर हुँदै जुडेमा पुगे । जुडेमा काङ्ग्रेसहरुले पकाएको भात खान नपाउदै फेरि आएका शाही सेना पुगे पछि पाकेकै भात छोडेर नान्थला भन्ने गाउतिर भागे । अनि त्यहाँ काङ्ग्रेसहरुले पकाएको भात काङ्रेसीहरु लाइ कुटदै सेनाले खायो । शाही सेना त्यो दिन जुडेमा नै बसे । राजा ओम जँगकाे टाेलि त्यहा बाट लुक्दै छिप्दै भागेर पारिबगड, उमुडा हुँदै नानथला पुगे, झलेमजिउनेको बाटो भएर आएको फौजको अर्को टोली आएर लामबगडमा रहेको भाषा पाठशालामा बसे । उक्त दिनको राती तोलीमाण्डौ बाट आएको फौज जुडेमा नै बसेका थिए । नानथलामा रात बिताएका राजा ओमजँगले विहानै आज मेराे मर्ने अवस्था आइपुग्यो । एक जोडी कपडा र कैँची बेल्ट दिनु म भेस बदलेर जान्छु भने उनका ठुला दाढि र कपाल थिए । अनि त्यो गाउका स्थानीय कर्ण बहादुर सिंह ले म शीत छैन कहाँ बाट दिउ भन्यो । त्यसो भए कप्तान वीर बहादुर सिंह को घरमा पुग्ने बाटो सिकाइ दिनु भन्यो । यहाँ बाट तेर्छै गएर त्यो परको धारैधार जानू तल बाटो मिल्छ भनी खरबारी फागलाको बाटो भएर लामबगड पुग्ने बाटो सिकायो।
अनि ओम जँगले त्यो धारमा पुगेपछि तल टेन्टहरुछन के हुन भनी सोध्दा त्यहाँ भोटे अर्थात सौकाहरुका बाख्राका डेराबस्ने पालहरु हुन भनिझुक्याइ दियो अनि आफू गएर कर्ण बहादुर सिंहले शाही सेनालाई सुराक गरिदियो ।त्यो बेला तल झर्ने क्रममा १७ जना अगाडि पछाडि र २ जनाले राजालाई हात समाएर ल्याइरहेका थिए । त्यही बेला स्कुल को छेउ सेर बहादुर सिंह को दुकानको कुनामा मेसिन गन जोत्यो र सेनाले गोलि चलायो । तर गोलि चलाउने बेला त्यो मेसिन गनले काम गरेन गोलि उल्टोपाल्टो जानथाल्यो त्यसपछि लप्टनले बीरगन चलायो र लुक्दै हान्दै गरेको र बीरगनको गोली ओम जँगकाे काेखामा लाग्यो । फायर उता बाट पनि गरेका थिए तर त्यसले केही काम गरेन । अगाडि पछाडिका १७ जना तल लटिनाथ तिर भागे । ओम जँगलाई गाेलि लाग्दा रिजपले भट्ट र रामचन्द्र हमालले टेकेर ल्याएका रहेछन । अनि ओम जँग ढले पछि ती दुईजना पनि भागे घाईते राजालाई त्यही नेर छोडिदिए । घाइते राजा थोरै तल झरेर कोपराए डुङ्गा को ओतमा आफ्नै गान्धी कोराको कमिज चिरेर गोलिलागेको ठाउबाट रगत बगिरहेको घाउ चापेर पल्टिरहेका थिए । भागेर गएका सत्र जनाको पछि स्कुलमा बसेका शाही सेना २ समूह बनेर पछि लागे । उता जुडेमा बसेका फौज लामबगडमा पुगेर २/२ फुल्के नास्ता गरेर ती पनि पछिलागे । सात जना सिपाही र एकजना लप्टन स्कुल मै बसे । त्यो बेला मटेला बाट तल धान काटने मान्छे हरुलाइ सोधे र उनिहरुले एकजना ढुङ्गाको कचेटामा बसेको खबर दियो । अनि ती सात जनालाइ लप्टनले पठायो । हामी पनि सेनाको पछिपछि लाग्यौ । घाइते बसेको केही तल घर नेर सातै जना रोकिए र एक एक जनालाई छिपाउदै छिपाउदै गए र पुरै धार हेरयो र त्यही नेर रोकिए सबै वरिपरि हेर्दै राजा नजिक पुगेर र ती सिपाहीले हातखडा गरेर आत्मा समर्पण गर मार्दैनौ भन्यो तर जवाफमा राजा ओमजङ्गले तेरो राजाले मेरो सम्पुर्ण राज्य सत्ता लुट्यो तिमि हरू त्यो पापी, अपराधी, सडयन्त्र कारी राजाका सिपाही हौ म आत्म समर्पण गर्दैन बरु छिटो गोलि ठोकेर मार म आत्मसमर्पण गर्दैन भने पछी पहिले सुरुमा त्यहाँ पुगेको सिपाहीले सात राउन्ड गोली हान्यो र त्यही कचेटा बाट भिरमा लडाइ दियो । करिब दुई सल्ल्या तल अडकियो । त्यसपछि राजाकी टोपी एउटाले हाल्यो । राजाका हन्टर बुट एउटाले लगायो र गान्धी कोराको कमिज मैले ( भुपु शिक्षक जङ्ग बहादुर सिंह) नै घट्टेगाडमा बगाएको थिए । खागी पैन्ट पनि सेनाले नै लगेका थिए । तल पुगेको लास झिटिगुन्टी पार्दै लगेर स्कुल को मैदानमा असौजको महिना औसिको दिन भरी हात खुट्टा फिजाएर घाममा राख्यो । कसैलाइ बोल्न पनि दिएन र लप्टनले यसलाई त जँगलमा मारेर चिलकाैवा लाई खान दिनु पर्ने भन्दै थर्काउथ्यो ।
पछि अरु काङ्ग्रेस हरुपनी समातेर ल्यायो र त्यही पल्टिरहेको लास सामु उभ्याएर यही हो तिमिहरुको राजा भन्दै डराउथ्यो । उक्त स्थानमा केही समय मै चौलानी नदिको वारिपारिका सिहराठीहरू सवै आए । उतिबेला जोशी बगडवाला गगन बहादुर सिंह प्रधान थिए । भने पारी पडपडा वाला गगन बहादुर सिंह प्रधान थिए । दुइजना प्रधान र मुख्यहरु भैरब बहादुर सिंह अनि पन्थ किङडाे धामी पारिका किर्त बहदुर सिंह, सेर बहदुर सिंह, जय बहादुर सिंह, ललित सिंह, पदम बहदुर सिंह, प्रचण्ड बहादुर सिंह, लाल बहादुर सिंह कैथिवाला समेत बसेर लप्टन लाई धेरै अनुरोध गरेर बल्ल तल्ल बेलुका ५ बजे त्यो राजाको लास फाल्ने अनुमति दियो । अनि स्थानीय सेर बहादुर र कृत बहादुर सिंह दुकानदारले कपडा दियो । अनि बाठ बनायो तर रित अनुसारको दाहसंस्कार गर्न चाहिँ दिएन र मुखमा दागबत्ती मात्र दिएर चौलानी नदिमा बगाइ दियौ ।
पछि २०२७ साल तिर बझाङ बाट ओम जँगका बुवा रामजँग आएर सात दिन सम्म मारे कै स्थान सल्लाको फागलोमा जग्गे लगाएर काज कृया पुजापाठ गरेकाे थियो ।
राम जँगले प्रचण्ड बहादुर सिंह जी कै घरमा बसेर बिधिवत रुपमा मृतु सस्कार को कर्मकाण्ड पूरा गरेका थिए । बझाङगी राजा मार्माली सिंहहरुका इस्टमित्र थिए । आज सम्म पनि मार्माली सिंहहरुले मारायो भनी मनमा पिरलो लिएर बसेका छन जुन घटना मार्माली सिंहहरुका लागि आज सम्म अत्यन्त दुखदायी छ ।
त्यो दिनको त्यो घटना पछि साथैका रामचन्द्र हमाल र रिजपले भट्ट रातारात भागेर दार्चुला गए र सदरमुकाम नजिक खेटबगे भन्ने ठाउमा रिजपले भट्ट्ले खाना पकाइ रहेको बेला कसैले काङ्ग्रेस आयो काङ्ग्रेस आयो भनेर हल्ला गरिदियो धेरै मानिसहरु जम्मा भए त्यति बेला बच्नका लागि जुक्ति निकालेर दुवैजना उनिहरु सितै जोरजोरले काकड आयो काकड आयो । खोलातिर गयो । भन्दै तल महाकालीको बगरमा पुगे र उता गयो उता गयो भन्दै सबैलाइ झुक्याएर रामचन्द्र हमाल महाकाली नदिमा हाम फालेर (फट्टकु हानेर) पौडिदै पौडिदै उता भारत तिर भाग्न सफल भए भने रिजपले भट्ट पक्राउ परे र पछि बैतडी लैजाने क्रममा सेनाले बाटोमै मारिदिएका थिए । केही बर्ष पछि रामचन्द्र हमाल तत्कालीन गोकुलेस्वर पन्चायत का प्रधान पन्च समेत भए । पछि काठमाडौ गएको बेला काठमाडौ मै राजा महेन्द्र बिरोधी नाराबाजी गरेको कारण पक्राउ गरेर सेन्टरजेलमा हाल्यो र सोही जेलमा उनलाई मार्यो ।
हाल रामचन्द्र हमाललाइ सहिद घाेषणा गरिएको छ भने राजा ओम जँग र रिजमले भट्ट्को कुनै कुरै उठदैन ।
बझाङगी राजा जय पृथ्वी बहादुर सिह लाई नेपालका राजाले छाेरी दियाे तर उनले छाेडि दिए । त्यसपछि उन्लाइ मार्ने सडयन्त्र बनाएको थाहा पाए उनका छोरा थिएनन र उनले आफ्ना कान्छा बुवाका छोरा रामजङ्ग लाई राजा बनाएर आफू ईन्डिया तर्फ हिडेका थिए । तिनै राजा रामजङ्गका एकमात्र छोरा ओम जङ्ग थिए भने रिजपले भट्ट डाक बोक्ने काम गर्ने एक सधारण ब्यक्ति थिए तर उनिमाथी थिचोमिचो र अन्याय हुनथाले पछि ” ईस डोटी मे दाता नही बिना लाठी देता नही” भनेर काङ्ग्रेसमा लागेका थिए रे ।
सार सँक्षेपमा भन्नू पर्दा जुम्ला सिजा पश्चिम रहेको विशाल खस राज्यमाथी आक्रमण हुन थाले पछि नेपाली गोर्खाली शासकहरु बाट अति नै पिडार प्रताडना भोक्दै आएका रहेछन खसहरु भन्ने कुराको अनुभुती यस घटनाले देखाउछ । अहिलेका ब्राह्मण बादी सोच र चिन्तन बोकेका बर्तमान शासकहरुले २०७२ मा बनाएको सम्बिधानले देशमा रहेका सबै जाती जनजातिहरु लाइ दिए सरहको अधिकार पनि हामी खसहरुलाइ नदिनु भनेको खशान राज्य र खसहरुको अस्तित्व नै निमट्यान्न पार्ने दीर्घकालीन रणनीति होइन भनेर कसरी भन्न सकिन्छ !
तत्कालीन बझाङी खस राजाकाे माग ठिकछ नेपाल एकीकरण गरेर विशाल नेपाल बनाऔ तर शासन ब्यवस्था सँघातत्मक बनाउ र हाम्रा पिता पुर्खाहरुको बलिदानी बाट नै पश्चिम किल्ला काकडा सम्मको नेपाल हाम्रा पुर्खाले बनाएको हो । हाम्रो पनि एउटा प्रान्तको नाममा भए पनि पहिचान र अस्तित्व रहिरहनु पर्छ भन्ने मात्र थियो तर गोर्खाली राजा बहुत चतुर थिए उनले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि मात्र पुर्वमा लिम्बू किरात राजा, नेवार, मगर राजा,पश्चिममा बिस्ट राजा, जुम्लामा खस राजा, त्यस्तै बझाङ, डोटी, जाजरकोट जस्ता खस राज्यका प्रभावशाली राजाहरुलाइ नाम मात्रका राजा राखेर भत्ता खुवाएर पाल्ने र तल राजाहरु भए पछि आफू बडा महाराजा धिराज बन्ने उदेस्य पूरा गर्ने मात्र थियो ।
उनको त्यो नितिप्रती कुनैपनी राजा र उनका रैतिहरु सन्तुष्ट थिएनन । गोर्खाली नेपाली राजाहरु सँग राष्ट्र काे सम्पुर्ण शक्ति एकीकृत गरेर शक्तिशाली बनेका थिए । जस्को आफ्नो राज्य र सत्ता लुटिएको पीडा भित्र भित्रै गुम्सिएर थुनिएर बसेको थियो र छ ।
पछि २०५२ सालमा आएर नेपाल को इतिहास बुझेका उहीँ गोर्खाका चतुर ब्राह्मण बादी नेता पुस्प कमल दहाल र बाबुराम भट्टराई जनार्दन शर्माहरुले उत्तरी छिमेकी देश चिनको माओत्सेतुङ को सिधाान्त बोकेर कम्युनिस्ट आन्दोलन को नाममा पुराना राजा महाराजा हरुले गरेको दमन र पिडाका मुद्दा उठाएर पहिचान लुटिएका र गुमेका पहिचान बादीहरुलाइ पहिचान सहितको सँघियता दिने बहानामा जनयुद्ध सँचालन गरे जसकाे कारण दशाै हजार युवाहरूले साहदत पाए तर अन्तमा आफुले सत्ता प्राप्त गरेपछि विभिन्न सभ्यता र पहिचान बोकेका सधै नश्लबादी शासनको बाट पिल्सिएका सोसित शासित उत्पीडित सिमान्तकृत जनता खस, थारु,द्लित,मगर गुरुङ, नेवार,किरात लिम्बू,खुम्बु,राइ, शेर्पा , तामाङ, मदेशी, मुस्लिम आदि जाती जनजातिहरुको बेवास्ता use and through गरेकाे कारण याे देशले जब सम्म यी जाती जनजाति, भाषा,धर्म र सम्प्रदायहरुको माग र मुद्दा लाई सम्बोधन गरिदैन र उनिहरुको सह अस्तित्व लाई स्वीकार गरिदैन र फेरि पनि एक रास्ट्र, एक धर्म र एक भाषा भनेर पस्च्यागमन तर्फ जाने सोच र चिन्तन बोकिरहन्छन तबसम्म यो देश र यश देशका जनताले सुख शान्ति र समृद्धि को कल्पना सम्म गर्नु पनि एउटा कल्पना मात्र सिद्ध हुनेछ ।
(यस घटनामा यहाँ ठकुरीहरू पनि शासक शोसक नै हुन यिनिहरूकाे पक्ष पाेषणा गर्नु ठिक होइन भन्ने सवाल पनि उठन सक्छ तर ओम जङ्ग जस्ता भुरे टाकुरे राजाहरुले उतिबेला नै शसक्त रुपमा सँघियता (territory) हुनुपर्छ भन्ने मुद्दा उठाएर आफ्नो प्राणको आहुती दिएका हुदा त्यस्ता दुरगामी सोच र बिचार भएका योद्धाहरुको स्मरण र सम्मान उतिबेला देखि आज हुँदै भबिस्य सम्मै अर्थात जव सम्म पहिचान र सह अस्तित्व को मुद्दा सम्बोधन हुदैन तबसम्म सम्जिनु र प्रेरणा को रुपमा स्मरण गरिरहनु उपयुक्त ठहरिन्छ)
नोट : लेखमा लेखिएका कुराहरू घटनाका प्रतक्ष दर्सी भु.पु. शिक्षक श्री जँग बहादुर सिह हाल बेदकाेट ७ सुडा कंचनपुर र
पदम महरा “चैनपुरे हाल मार्मा १ ताकु दार्चुला बाट प्राप्त भएका हुन घटना क्रम व अन्य कुनै कुराहरुमा फरकता पर्न गएको भए, पछि पुनः सत्यतथ्य बुझेर सन्सोधन वा फेर बँदेल गरिने छ ।

लेखक : रघुबीर सिंह ठगुन्ना “खश”
वरिष्ठ उपाध्यक्ष खशान राष्ट्रिय संघर्ष समिति