नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई कारवाही गर्न केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघले माग गरेको छ । आज गृहमनत्री राम बहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै संघले झाँक्रीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ।
गोरखाको सिरानचोक गाउँपालिकामा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको एक कार्यक्रममा रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको आरोप संघले बुझाएको ज्ञापन पत्रमा लगाईएको छ ।
नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।