म्यानमारमा सैनिक कु। सूकी लगायत शिर्ष नेताहरु पक्राउ।

म्यानमारमा गत नोभेम्बरमा भएको निर्वाचनलाई लिएर जननिर्वाचित सरकार र सेनाबीचको वढ्दो तनावका कारण   नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी लगायत शिर्ष नेताहरु पक्राउ परेका छन ।

म्यानमारमा गत नोभेम्बर मा निर्वाचन भएको थियो  । उक्त निर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी पाटीले सरकार वनाउन आवश्यक सिट जितेको थियो। तर सेनाले भने उक्त निर्वाचन स्वच्छ र निस्पक्ष नभएको र धाँधलीयुक्त भएको आरोप लगाउँदै आएकोछ। जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकी लगायत शिर्ष नेताहरुलाई पक्राउ गरिएको पार्टीप्रवक्ताले जानकारी दिनुभयो  । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका गरिएको छ ।

बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी  थिइन्।

सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो । बीबीसीका संवाददाताकाअनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ । सरकारी मिडिया प्राविधिक कारण वताउदै वन्द  गरिएकोछ भने अन्य संचारका सम्पूर्ण स्रोत साधन पनि वन्दगरिएको छन्।  शनिबार सेनाले संविधान अनुसारनै  अगाडि वढ्ने वताएपछि म्यानमारमा फेरि अर्को पटक सैनिक कु को आसंका गरिएकोछ।