२०७८ को जनगणना मा सम्पुर्ण खस हरुले धर्म को महल मा [मष्टो] लेखाउन किन जरुरी छ ?

(1) खस हरु सनातन मष्टो धर्म परम्परा, मष्टो का विविध अनुष्ठान हरुको मार्गमा बिकसित भएको एक प्रकृति पुजक जाती हो । हाल नेपालमा विभिन्न जात जाती र भाषा धर्म संस्कृति संरक्षण को आवाज हरु बुलन्द भैरहदा हामी खस हरुको खसान भुगोल, खस भाषा लिपि, खस मष्टो धर्म, र परम्परागत संस्कृति हरुको अस्तित्व इतिहास जिर्ण अवस्था मा पुगेको अवस्था छ । खस हरुको कुल धर्म नै मुल धर्म भएकाले आफ्नो अस्तित्व प्रती अत्यान्तै संबेदनसिल हुने बेला आएको हुनाले आउदो २०७८ को जनगणना मा धर्म को महल मा मष्टो लेख्नु नै खस अस्तित्व जिउदो रहेको दर्बिलो प्रमाण ठहर हुने छ ।
(२) सनातन भन्नाले हाम्रो समाजमा वैदिक हिन्दु धर्म हो भन्ने बुझाइ नै गलत छ (भ्रामक पन्डित्याइ को पर्चार बाजिले सिंगो खस समुदाय को चिन्तन मा बिर्को लागेको अबस्था छ) तर सनातन भनेको यथार्थ रुपमा परापुर्वकाल देखि प्रचलन मा रहेको कुनैपनी धार्मिक सिदान्त वा सामाजिक मुल्यमान्यता का मार्गनिर्देशन का आधारहरु हुन र हामी खस जातिको मष्टो धर्म नै सनातन धर्म हो ।
(३) (आधिकारिक पुष्टि नभैसकेपनि) आज समनका मष्टो प्रतिको खोज र अनुसन्धान ले महेष्ट र अष्टशिद्दी को संगम (रुद्र रुप) नै मष्टो हुन भन्ने कुराको तर्क अनुसन्धान कर्ताहरु राख्दछन, साथै मष्टो का धामी हरु पनि एहि यथार्थ प्रस्ट्याउछन, र जनविश्वास पनि एहि रहेको छ ।
रुद्र रुप भन्नाले शिव लाई बुझिन्छ तर यहाँ शिव भन्ने बितिकै हिन्दु को निजि देवताको रुपमा बुजिने गलत बुझाइ हुन । खसहरुको शिवलाइ मष्टो को रुपमा पुज्ने आफ्नै अनुष्ठान का पद्धति हरु छन । शिव पार्वती कुनै निजि देवता नभै नितान्त प्रकृति हुन, यो ब्रह्माण्ड चराचर जगत को अस्तित्व हुन । नेपाल मत्रै नभएर विश्वोका विभिन्न देश इन्डिया,कम्बोडिया, इन्डोनेशिया,भियतनाम,थाइल्यान्ड, लगाएत का अनेकौ देशका प्रकृति पुजक आदिवासी हरुले शिवलाइ अनेकौ रुप र प्रचलन ले पुज्छन । जस्तै हाम्रो नेपाल मा शिव लाइ किराँत हरुले पुज्ने, खस हरुले पुज्ने, र हिन्दु हरुले पुज्ने अनुष्ठान विदि फरक फरक छन । र यश भित्रको यथार्थ लाई सम्पूर्ण खस हरुले बुज्न जरुरी छ ।
(४) जसरी खस राज्य सिंजा सब्यता मा हिन्दु ब्राह्मण वाद मनुस्म्रीती ले जरा गाडेपछी , अत्यान्तै तल्लो भन्दा तल्लो न्युन कोटिको धर्म च्युत खस जाती तत्कालीन समयमा धार्मिक सामाजिक आदि कुरामा अपहेलित थिए । पछि बिर नरसिंह कुवर आफुपनी निच्च कोटि जातको भएको ले आफ्नो तल्लो दर्जाको जाती स्विकार्न नसकेर आफ्नो जात र धर्म परिवर्तन गरि (जंगबहादुर राणा) भएर हिन्दुका १६ कर्म संस्कार भित्र छिरे । संगै मुलुकी ऐन जारी गरे, जुन १९१० मा जारी मुलुकी ऐन ले मुलवासी भुमी पुत्र खस हरुको जातिगत रुपमा स्तर उन्नती भयो, तत्कालीन समयमा अपहेलित खस जातिको उत्थान हुनु एक हद समन को सामाजिक स्तर उन्नती मा उठाउने जंगबहादुर को योगदान लाई एक तरिकाले सकारात्मक मान्न सकिन्छ तर पनि २०७२ को गणतान्त्रिक संबिधान समन आइपुग्दा जाती अस्विकार ले खस हरुको अस्तित्व मेटिएको कुरा प्रष्ट भएको छ । आज खस जाति हरुको धार्मिक शाम्प्रदाइक अस्तित्वका मुल्य मान्यता हरु पुरै लुप्त हुनुको पछाडी (वीर नर्सिङ कुवर) जंगबहादुर राणा को मुलुकी ऐन एक प्रमुख कारण बन्न पुगेको यथार्थ हो । तेसैले सम्पुर्ण खस हरुले आफ्नो जातित्व स्विकार्न र अस्तित्व को पहिचान गर्न अपरिहार्य छ ।
(५) आज नेपाल मा जाती र धर्म प्रतिको पहिचान को सुनिश्चितता मा आवाज हरु एत्र तत्र सर्बत्र उठिरहेको छ र आ-आफ्नै शाम्प्रदाय जुटिरहेका पनि छन । हाम्रो एत्रो बिसाल खस साम्राज्य को भुमी, भाषा-लिपि, भेष-भुषा, धर्म, संस्कृति, र पुरै १७% खस जातिको कलस्टर को पहिचान नै संबैधानिक रुपमै ओझेल मा छ । आजको अबस्थामा खस हरुको पहिचान र मष्टो धर्म र संस्कृति संरक्षण र सम्बर्द्धन को आवाज कुइराको काग सरह देखिरहेको बेला सम्पुर्ण खस जातिको एकताको खाचो छ । र एकताको एकमत्रै सुत्र धार भनेको मष्टो धर्म को स्तर उन्नतिमा संरक्षण नै पहिलो हो ।
(६) नेपाल का मुलवासी खस हरुका मष्टो धर्म संस्कृति नै खस हरुका सनातन धर्म संस्कृति हुन । जस्तै शिव पार्वती (पारुहाङ सुम्निमा) पुजक किराँती हरुले आफ्नो धर्मको महल मा किराँत लेख्छन भने । हामि रुद्र रुप शैव पुजक खस हरुले पनि आफ्नो धर्म को महल मा मष्टो लेखाएर अफ्नो धार्मिक पहिचान सुनिश्चित गराउन जरुरी हुन्छ । शिव पार्वती पुज्ने जति सबै हिन्दु हुन भन्ने हिन्दु ब्राह्मण वादी पण्डित्याइ को भ्रामक जालो बाट फुत्किन अत्यावश्यक छ ।
(७) नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँकृतिक पहिचान भएको धर्मनिरपेक्ष राष्ट्र हो । २०७२ को संबिधान ले आफ्नो जाती, धर्म, भासा, भेषभुषा र संस्कृति, को पहिचा सुनिश्चित गर्न पाउने अधिकार दिलाएको छ । तेसैले बैधानिक रुपमै संपूर्ण खस हरुले खुलेर आफ्नो मष्टो धर्म को अस्तित्व कायम गराउ । हाम्रो धर्म नरहे देश रहन्न देश नरहे हामी रहन्नौ जय मष्टो जय खस