सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २ प्रतिसत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ५ प्रतिसत ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्रीको लागि  प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण सेयर मिति २०७८ वैशाख १७ गतेदेखि २०७८ वैशाख २१ गते सम्म इच्छुक लगानीकर्ताले सि—आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।