सामलिङ पावर कम्पनीले भोलि कार्तिक  ४ गतेदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । सामलिङ पावर कम्पनीले भोलि कार्तिक  ४ गतेदेखि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको ७ लाख ३० हजार  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २ प्रतिसत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ५ प्रतिसत ले हुने  ३६ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ र बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्रीको लागि  Nepal SBI merchant Banking लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको ७३०००० कित्ता साधारण सेयर मिति २०७८ कार्तिक  ४ गतेदेखि २०७८  कार्तिक  ८ गते सम्म इच्छुक लगानीकर्ताले सि—आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।