Home राजनीतिक सांसदहरुलाई निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन

सांसदहरुलाई निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन

0
सांसदहरुलाई  निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन

२ चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए ।उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनताको नङमासु जस्तो भएर काम गर्न पनि ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गरे । उनले केही ठाउँमा तालमेल भए पनि अधिकांश ठाउँमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने पनि बताएका भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here