मध्यरातमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक वस्दैैछ ।

शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए भने त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेका थिए । तर राष्ट्रपति कार्यालयले दुबै पक्षको दावी नपुगेको भन्दै्र दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताए लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।