Home विविध प्रहरी प्रधान कार्यालय द्वारा एक लाख म्यादी प्रहरीको लागि भर्ना खोल्यो

प्रहरी प्रधान कार्यालय द्वारा एक लाख म्यादी प्रहरीको लागि भर्ना खोल्यो

0
प्रहरी प्रधान कार्यालय द्वारा  एक लाख म्यादी प्रहरीको लागि भर्ना खोल्यो
स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।
मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर ९काठमाडौं, ललितपुर, भक्तपुर० र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ।
दरखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिनेछ। सार्वजनिक बिदाबाहेक अरू दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम लिन र दिन सकिनेछ।
म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ।
म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।
सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here