पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर आज डिस्चार्ज,पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर आज डिस्चार्ज हुनुभएको छ । उहाँ कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह , पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै भर्ना हुनु भएको थियो ।
अस्पतालका अनुसार निरन्तरको उपचारपछि उहाँको स्वास्थ्य ठीक भएको छ । कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उहाँको अवस्थामा राम्रो सुधार गएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेकोछ । स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ ।उहाँलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै रहेकिछिन् ।