Home स्वास्थ्य निरन्तर टाउको दुख्छ भने यस्ता खतरा रागको हुन सक्छ लक्षण

निरन्तर टाउको दुख्छ भने यस्ता खतरा रागको हुन सक्छ लक्षण

0
निरन्तर टाउको दुख्छ भने यस्ता खतरा रागको हुन सक्छ  लक्षण

कहिलेकाहीँ कमजोरी र तनावका कारण टाउको दुख्नु स्वाभाविक हो तर पटक–पटक टाउको दुखिरहेमा हामीले तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ । हामीकहाँ कस्तो चलन छ भने टाउको दुख्नेबित्तिकै विभिन्न पेनकिलरहरु आपूmखुसी किनेर खाइहाल्ने गरिन्छ । वास्तवमा ती पेनकिलरहरुका यति धेरै साइड इफेक्टहरु छन् जसको बयान गरेर साध्य छैन । प्राडा धर्मप्रसाद खनालका अनुसार धेरै पेनकिलरहरुको सेवनले गर्दा किड्नी फेल हुने सम्भावना रहन्छ । तसर्थ सर्वप्रथम टाउको दुख्नुका कारणहरु पत्ता लगाउने कोशिस गर्नुस्, अन्धाधुन्ध पेनकिलर सेवन गर्नेतिर नलाग्नुस् । यहाँ बारम्बार टाउको दुख्नाका विभिन्न सात कारणबारे चर्चा गरिन्छ । तपाईंलाई बारम्बार टाउको दुख्ने समस्या त छैन यदि छ भने ख्याल गर्नुहोस् । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् ।
असामान्य उच्च रक्तचाप :- उच्च रक्तचाप साइलेन्ट किलर नै हो यद्यपि यसको खास लक्षण हुँदैन । यदि तपाइलाई कडा रुपमा टाउको दुखिरहन्छ भने तपाईं केही समयदेखि उच्च रक्तचापले पीडित हुनुुहुन्छ भन्ने बुभ्न ढिलाइ नगर्नुहोस् । सामान्यतया १२०/८० लाई सामान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तपाईंको रक्तचाप १६०/१२० छ भने खतराको सङ्केत हो । यसले तपाईंको कुनै पनि अङ्गलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्तचाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाइसँगै धमिलो देख्ने, स्मरण हराउने, रिङ्गटा लाग्ने, कमजोर महसुस हुने, छाती दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।
मुटुका कडा स्ट्रोक:- उच्च रक्तचापसँगै हृदयाघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयाघातको प्रमुख लक्षण टाउको दुख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयाघात हुनुअघि कडा टाउको दुख्ने गर्र्छ । तपाईंलाई छातीमा पीडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोग आवश्यक छ भन्ने वुझ्नुहोस् । अतिरिक्त हृदयाघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिँड्न गाह्रो र शरीरको एउटा पाखोमा कमजोरी महसुस हुने गर्छ ।

ग्लुकोजको मात्रा न्यून:- यदि तपाईंको शरीरमा ग्लुकोजको मात्रा कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरीरभित्रका गतिविधि सक्रिय सञ्चालनका लागि हाम्रो शरीरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्यून ग्लुकोजले शुरुमा दिमागलाई प्रभाव पार्छ र बिस्तारै अङ्गहरुमा पनि असर देखिन्छ । तर, ग्लुकोजकै कारण तपाईंको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पदार्थ र कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ति पाउनुहुने छ । चिनीयुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस् । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुन सक्छ । तपाईं लामो समयदेखि भोकाउनुभएको छ र निरन्तर टाउको दुख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम गर्नका लागि पनि केही न केही खानेकुरा खानुहोस् । रिङ्गटा लाग्नु, धमिलो देख्नु, शरीरमा पसिना बग्नु, दिक्क लाग्नु, अनियमित रुपमा धड्कन चल्नु र चिसो महसुस हुनु हाइपोग्लाइसिमियाका अन्य लक्षण हुन् ।
दिमागमा सङ्क्रमण:- तपाईंलाई गम्भीर रुपमा टाउकोमा सङ्क्रमण ९जस्तैः मेनेन्जाइटिस० भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि विचार पुयाउनुहोस् । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो । समयमै यसको पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरीरमा रातो फोका आउनु, गर्धन दुख्नु, उज्यालोमा हेर्न नसक्नु, शरीरका मांसपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका
अन्य लक्षणहरु हुन् ।
आन्तरिक रक्त प्रवाह उच्च रक्तचाप वा अन्य मानसिक समस्याका कारण कहिलेकाहीँ दिमागको रक्तनली च्यातिएमा शरीरको कुनै अङ्ग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आँखामाथिको भाग दुख्नु, आँखाका नानीहरु केही फराकिलो देखिनु, आँखाका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिङ्गटा लाग्नु, चेतना गुमाउनु, आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् ।
टाउकोमा लागेको गम्भीर चोट बल्झिनु:- यदि कुनै बेला तपाईंको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ, कुनै घटनापछि वा घाइते भएपछि तपाईंलाई भएको पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस् । टाउकोको खप्पर वा दिमागको रक्तनलीमा हुने असरले दीर्घकालीन रुपमा टाउको दुख्छ ।
वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरीरको कुनै अङ्ग दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउकोमा चोट बल्झिँदाका लक्षणहरु हुन् ।
उमेरसँगै सम्बन्धित समस्या यदि तपाईं ५० वर्षभन्दा बढी हुनुभएको छ र बेग्लै ढङ्गले टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुभ्न ढिलाइ नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा बे्रन ट्युमरका कारणले पनि टाउको दुख्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here