तेह्रथुम पावर कम्पनीले भोलि वैशाख ९ गतेदेखि साधारण सेयर आईपीओ निष्कासन गर्ने |

काठमाडौं । तेह्रथुम पावर कम्पनीले भोलि वैशाख ९ गतेदेखि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २ प्रतिसत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने ५ प्रतिसत ले हुने ४० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ र बाँकी ७ लाख ४४ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छन् ।

कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको ८००००० कित्ता साधारण सेयर मिति २०७८ भाद्र ९ गतेदेखि २०७८ भाद १३ गते सम्म इच्छुक लगानीकर्ताले सि—आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।