चीनले लेख्यो भारतलाई पत्र, भारतलाई कोरोना महामारीका विरुद्ध लड्न चीनले पूर्णरुपमा साथ दिने,

एजेन्सी । चीनले कोरोना महामारीका विरुद्ध लड्न भारतलाई पूर्णरुपमा साथ दिने बताएको छ । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ वीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्राचार गर्दै कोरोना महामारीका विरुद्ध लड्न चीन भारतको साथमा रहेको आश्वासन दिएका हुन् । चिनियाँ विदेशमन्त्रीले महामारीसँग लड्न चीनमा निर्माण भएका स्वास्थ्य सामाग्रीहरु दू्रत रुपमा भारतमा पठाउने तयारी गरिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘महामारीसँग लड्न चीनमा बनेका सामानहरु द्रुत गतिमा भारत पठाईंदैछ ।                                                  कोरोना भाइरस मानवताका लागि खतरा भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायको समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ । यसअघि चीनका लागि भारतका राजदूत सन वीडोङले चीनले भारतका लागि कम्तिमा २५ हजार अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरिरहेको जनाएका थिए ।