गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । अहिले केहीबेरमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको न्यौपानेले बताए ।