उपत्यकामा कारबाहीमा प्रदै सवारी साधन, आखिरी किन परे त सवारी सवारी साधन कारवाहीमा ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयन भएको हो ।

आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न नपाइने भएको छ। तर उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि नै निषेधाज्ञाको उल्लंघन गरी सवारी साधनहरू सडकमा सञ्चालन गरेको पाइएको छ । उक्त सवारी साधनहरू कारबाहीमा परेका छन् ।

उपत्याकाका मुख्य सडक र चोकमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल तथा गाडीहरू पासबिना नियम उल्लंघन गरी हिडेको भन्दै होल्डिङ सेन्टरमा राखेर कारबाही गरिएको हो ।
विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात निवेदन अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।